यी चार जवान मानिसहरूलाई परमेश्वरले सब किसिमका साहित्य र शिक्षाको ज्ञान र समझ दिनुभयो। अनि दानिएल सबै किसिमका दर्शन र सपनाको अर्थ खोल्न सक्ने भए। राजाले तिनीहरूलाई हाजिर गराउनू भनी तोकेको समय भएपछि ती प्रमुख अधिकृतले तिनीहरूलाई राजा नबूकदनेसरकहाँ ल्याए। राजाले तिनीहरूसँग कुरा गरे र उनले दानिएल, हनन्याह, मीशाएल र अजर्याह बराबर कोही पनि भेट्टाएनन्। यसकारण तिनीहरू राजाको सेवामा नियुक्त भए। राजाले बुद्धि र समझको बारेमा तिनीहरूलाई जे-जति प्रश्न सोध्थे, अधिराज्यभरका जादूगरी र मन्त्रतन्त्र गर्नेहरूभन्दा तिनीहरूलाई दश गुणा असल भेट्टाए। अनि कोरेस राजाका शासनकालको पहिलो वर्षसम्म दानिएल त्यहाँ रहे।
दानिएल 1 पढ्नुहोस्
सुन्नुहोस् दानिएल 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: दानिएल 1:17-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू