कलस्सी 3:6-8

कलस्सी 3:6-8 NNRV

यिनै कुराहरूका खातिर परमेश्‍वरको क्रोध आज्ञा नमान्‍नेहरूमाथि आउँदछ। तिमीहरू पनि यी कुरामा रहँदा अघि एक समय यस्‍तै कुरामा चल्‍दथ्‍यौ। तर अब तिमीहरूले पनि यी सबै कुरा त्‍याग: रीस, क्रोध, डाह, निन्‍दा, आफ्‍नो मुखबाट निस्‍कने फोहोर बोली।