यसकारण परमेश्वरका चुनिएकाहरू, पवित्र र प्रिय भएर तिमीहरूले करुणा, दया, दीनता, नम्रता र धैर्य धारण गर। एउटाले अर्कालाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एक-अर्कालाई क्षमा गर्ने गर। जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ। यी सबैभन्दा बढ़ी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्पूर्ण एकतामा एकसाथ बाँध्छ। ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। साँच्चै, तिमीहरू त्यसको निम्ति एउटै शरीरमा बोलाइएका थियौ। तिमीहरू धन्यवादी होओ। ख्रीष्टको वचन तिमीहरूमा प्रशस्ततासँग वास गरोस्। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्तुति र आत्मिक गान गाओ। कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढ़ाउँदै प्रभु येशूको नाउँमा गर। पत्नी हो, प्रभुको दृष्टिमा सुहाउँदो गरी आ-आफ्ना पतिहरूका अधीनमा बस। पति हो, आ-आफ्ना पत्नीहरूलाई प्रेम गर र तिनीहरूप्रति कठोर नहोओ। छोरा-छोरी हो, प्रत्येक कुरामा आफ्ना आमा-बुबाको आज्ञापालन गर। किनकि यस कुराले प्रभुलाई प्रसन्न तुल्याउँछ। बुबा हो, आफ्ना छोरा-छोरीहरूलाई रीस नउठाओ, नत्रता तिनीहरू निराश हुनेछन्। कमारा हो, प्रत्येक कुरामा यस संसारका आफ्ना मालिकहरूलाई आँखाका अगाडि खुशी तुल्याउने मात्र होइन, तर साँचो हृदयले प्रभुको डर राखेर तिनीहरूका अधीनमा बस। तिमीहरू जे गर्छौ दिलोज्यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्तै, यो जानेर कि तिमीहरू आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्टको सेवा गरिरहेका छौ।
कलस्सी 3 पढ्नुहोस्
सुन्नुहोस् कलस्सी 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: कलस्सी 3:12-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू