यसकारण यदि तिमीहरू ख्रीष्टसँग जिइउठाइएका छौ भने माथिका कुराहरूको खोजी गर, जहाँ ख्रीष्ट हुनुहुन्छ, र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नुभएको छ। माथिका कुरामा मन लगाओ। पृथ्वीमा भएका कुरामा होइन। किनभने तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन परमेश्वरमा ख्रीष्टसँग लुकाइएको छ। ख्रीष्ट, जो हाम्रो जीवन हुनुहुन्छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ। यसकारण तिमीहरूमा जो सांसारिक स्वभावका कुराहरू छन् तिनलाई मार: व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा र लोभ, जो मूर्तिपूजा हो। यिनै कुराहरूका खातिर परमेश्वरको क्रोध आज्ञा नमान्नेहरूमाथि आउँदछ। तिमीहरू पनि यी कुरामा रहँदा अघि एक समय यस्तै कुरामा चल्दथ्यौ।
कलस्सी 3 पढ्नुहोस्
सुन्नुहोस् कलस्सी 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: कलस्सी 3:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू