कलस्सी 2:16-23

कलस्सी 2:16-23 NNRV

यसकारण खान र पिउनमा, वा पर्वको दिन, वा औंसी वा शबाथ-दिन मान्‍ने विषयमा कुनै मानिसले तिमीहरूलाई दोष नदेओस्‌। यीचाहिँ आउने कुराका छाया मात्र हुन्, तर वास्‍तविकताचाहिँ ख्रीष्‍टमा हुन्‍छ। आफ्‍नै शरीरलाई सास्‍ती दिने कुरामा जिद्दी गरेर, स्‍वर्गदूतलाई पुज्‍न लाएर, आफ्‍नो दर्शनमा अड़िएर, आफ्‍नो अभिलाषी मनले कारणविनाको घमण्‍डले फुलिएर कसैले तिमीहरूलाई इनाम गुमाउने नतुल्‍याओस्‌। यस्‍ताहरूले ख्रीष्‍ट, अर्थात्‌ शिरलाई समातिराख्‍दैनन्, जसबाट पोषण पाई जोर्नी र ग्रन्‍थिहरूद्वारा एकसाथ गाँसिएर सारा शरीर परमेश्‍वरले दिनुभएको वृद्धिअनुसार बढ्‌दैजान्‍छ। यदि संसारका आधारभूत सिद्धान्‍तहरूप्रति ख्रीष्‍टसँग तिमीहरू मरेका छौ भने, यस संसारका जस्‍ता भई किन तिमीहरू बाँचिरहन्‍छौ? नियमहरूका अगि किन झुक्‍छौ? “नसमात, नचाख, नछोओ” (यी जम्‍मै कुराहरू व्‍यवहार गर्दागर्दा नष्‍ट भएर जान्‍छन्‌)। यी कुराहरू मानिसहरूका आदेशहरू र सिद्धान्‍तहरूमा आधारित छन्‌। उपासनालाई कष्‍टदायी बनाएर र आफैलाई हियाएर, र शरीरलाई सास्ती दिएर तिनीहरूले बुद्धिको स्‍वाँग त पार्छन्, तर शरीरका अभिलाषालाई काबूमा ल्‍याउन यी कुराहरू कुनै मूल्‍यका हुँदैनन्‌।