कलस्सी 1:9-12

कलस्सी 1:9-12 NNRV

यसैकारण हामीले त्‍यो सुनेको दिनदेखि उहाँको इच्‍छाको ज्ञानले सारा आत्‍मिक बुद्धि र समझमा तिमीहरू पूर्ण होओ भनेर बिन्‍ती गर्दै तिमीहरूका निम्‍ति प्रार्थना गर्न छोड़ेका छैनौं, र उहाँलाई पूर्ण रूपले प्रसन्‍न पार्ने प्रभुको योग्‍य जीवन बिताउँदै र प्रत्‍येक असल काममा फलवन्‍त हुँदै परमेश्‍वरको ज्ञानमा बढ्‌दैजान सक। उहाँको महिमित शक्तिअनुसार आनन्‍दसाथ सबै सहनशीलता र धैर्यको लागि तिमीहरू सारा शक्तिसित बलिया होओ। ज्‍योतिमा सन्‍तहरूका उत्तराधिकारका सहभागी हुन हामीलाई सक्षम तुल्‍याउनुहुने पितालाई धन्‍यवाद चढ़ाओ।