कलस्सी 1:25-29

कलस्सी 1:25-29 NNRV

तिमीहरूका खातिर मलाई दिइएको ईश्‍वरीय कार्यअनुसार परमेश्‍वरको वचन सम्‍पूर्ण रूपले प्रचार गर्न म धर्म-सेवक भएँ— युग-युग र पुस्‍तौँदेखि गुप्‍त रहेको यो रहस्‍य अब उहाँका सन्‍तहरूलाई प्रकट भएको छ। यस रहस्‍यको महिमामय सम्‍पत्ति अन्‍यजातिहरूमा कति महान्‌ छ, त्‍यो कुरा आफ्‍ना सन्‍तहरूलाई प्रकट गर्न परमेश्‍वरले चुन्‍नुभयो। यो रहस्‍य ख्रीष्‍ट तिमीहरूमा हुनु हो, जो महिमाको आशा हो। प्रत्‍येक मानिसलाई चेताउनी दिँदै, र प्रत्‍येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौं, यस हेतुले कि प्रत्‍येक मानिसलाई ख्रीष्‍टमा परिपक्‍व बनाई प्रस्‍तुत गर्न सकौं। मेरो अन्‍तस्‍करणमा उहाँले नै जोड़सँग प्रेरणा दिनुभएको शक्तिअनुसार म यसैको निम्‍ति कठोर परिश्रम गर्दछु।