किनकि उहाँको आफ्नो सारा पूर्णता ख्रीष्टमा वास गरेकोमा परमेश्वर प्रसन्न हुनुभयो, र परमेश्वरले उहाँका क्रूसको रगतद्वारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस्, उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो। बितेका समयमा दुष्ट काम गरेर तिमीहरू बिराना भई आफ्नो मनमा विरोधी भएका थियौ। तर आफ्नो सामुन्ने तिमीहरूलाई पवित्र, निष्खोट र निर्दोष प्रस्तुत गर्न ख्रीष्टका मासुको शरीरमा उहाँको मृत्युद्वारा तिमीहरूलाई उहाँले अब मिलापमा ल्याउनुभएको छ— यदि तिमीहरू आफ्ना विश्वासमा अचल र स्थिर भइरह्यौ र तिमीहरूले सुनेका सुसमाचारको आशाबाट हटेनौ भने। यही नै त्यो सुसमाचार हो, जो स्वर्गमुनि हरेक प्राणीलाई प्रचार गरिएको छ, जसको म पावल, धर्म-सेवक भएँ। अब तिमीहरूका खातिर मेरा दुःख-भोगमा म आनन्द मनाउँदछु, र ख्रीष्टका कष्टहरूको कमीलाई उहाँको शरीरको खातिर, अर्थात् उहाँको मण्डलीको खातिर म आफ्नो देहमा पूरा गर्दछु। तिमीहरूका खातिर मलाई दिइएको ईश्वरीय कार्यअनुसार परमेश्वरको वचन सम्पूर्ण रूपले प्रचार गर्न म धर्म-सेवक भएँ— युग-युग र पुस्तौँदेखि गुप्त रहेको यो रहस्य अब उहाँका सन्तहरूलाई प्रकट भएको छ। यस रहस्यको महिमामय सम्पत्ति अन्यजातिहरूमा कति महान् छ, त्यो कुरा आफ्ना सन्तहरूलाई प्रकट गर्न परमेश्वरले चुन्नुभयो। यो रहस्य ख्रीष्ट तिमीहरूमा हुनु हो, जो महिमाको आशा हो। प्रत्येक मानिसलाई चेताउनी दिँदै, र प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौं, यस हेतुले कि प्रत्येक मानिसलाई ख्रीष्टमा परिपक्व बनाई प्रस्तुत गर्न सकौं। मेरो अन्तस्करणमा उहाँले नै जोड़सँग प्रेरणा दिनुभएको शक्तिअनुसार म यसैको निम्ति कठोर परिश्रम गर्दछु।
कलस्सी 1 पढ्नुहोस्
सुन्नुहोस् कलस्सी 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: कलस्सी 1:19-29
७ दिन
बडा दिन परमेश्वरले हाम्रो उद्धारको निम्ति ख्रीष्टलाई पठाएर हाम्रो लागि गर्नुभएका सबै कुराहरूलाई फर्केर हेर्ने र विचार गर्ने उत्तम समय हो। तपाईंले यो भक्ति पत्र पढ्दा, म प्रार्थना गर्दछु कि तपाईंले आफ्नो उद्धारको सम्झना गर्नुहुनेछ र नयाँ वर्षमा आत्मविश्वास साथ हिड्नु हुनेछ कि उहाँले तपाईंलाई सबै कुराबाट उद्धार गर्नुहुनेछ जुन तपाईंलाई अगाडिको बाटोमा हिंड्न आवश्यक छ।
12 दिनहरू
यो बाइबल योजना तपाईंको लागि उपयुक्त छ यदि तपाईं प्रत्येक दिन येशूको अनुसरण कसरी गर्ने भनेर सोचिरहनुभएको छ। येशूलाई हो भन्नु पक्कै पनि पहिलो कदम हो। जबकि यस पछि के हुन्छ भने उहाँलाई बारम्बार हो भनिरहने र उहाँसँग कदम चाल्दै जाने जीवनभरको यात्रा हो।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू