कलस्सी 1:13-18

कलस्सी 1:13-18 NNRV

उहाँले हामीलाई अन्‍धकारको राज्‍यदेखि छुटाउनुभयो, र आफ्‍ना प्रिय पुत्रको राज्‍यभित्र हामीलाई सार्नुभएको छ। उहाँमा हाम्रो उद्धार, अर्थात्‌ पापको क्षमा छ। उहाँ अदृश्‍य परमेश्‍वरको प्रतिरूप, सारा सृष्‍टिका ज्‍येष्‍ठ हुनुहुन्‍छ, किनकि उहाँमा नै सबै थोक सृष्‍टि भएका थिए। स्‍वर्गमा र पृथ्‍वीमाथि भएका दृश्‍य र अदृश्‍य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्‍वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्‍ति सृजिएका हुन्‌। उहाँ नै सबै कुराभन्‍दा अगाडि हुनुहुन्‍छ, र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्‌। उहाँ शरीर, अर्थात्‌ मण्‍डलीका शिर हुनुहुन्‍छ, उहाँ नै सुरु हुनुहुन्‍छ, मरेकाहरूबाट जीवित हुनेहरूमा उहाँ ज्‍येष्‍ठ हुनुहुन्‍छ, ताकि प्रत्‍येक कुरामाथि उहाँ सर्वोच्‍च होऊन्‌।

कलस्सी 1:13-18 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति