हे इस्राएलका मानिस हो, परमप्रभुले तिमीहरूका विरुद्धमा भन्नुभएको यो वचन सुन, अर्थात् मिश्रदेशबाट मैले ल्याएका सारा परिवारका विरुद्धमा, “पृथ्वीका सबै परिवारहरूमध्ये मैले केवल तिमीहरूलाई मात्र चुनेको छु। यसैकारण तिमीहरूका सबै अधर्मका लागि म तिमीहरूलाई दण्ड दिनेछु।” के दुई जना आपसमा सहमत नभएसम्म सँगसँगै हिँड्छन् र? के शिकार नभए झाड़ीमा सिंह गर्जन्छ र? केही फेला नपारीकन त्यो आफ्नो ओड़ारमा ङ्यार्रङुर्र गर्छ र? के भूइँमा पासो नथापीकनै चरो त्यसमा पर्छ र? के समात्नलाई केही नभएसम्म धराप भूइँबाट माथि उछिट्टिन्छ र? कुनै सहरमा के तुरही फुकेपछि मानिसहरू डराउँदैनन् र? परमप्रभुले नपठाउनुभएसम्म के कुनै सहरमा विपत्ति आउँछ र? निश्चय नै परमप्रभु परमेश्वरले आफ्ना दास, अगमवक्ताहरूलाई आफ्नो रहस्य प्रकट नगरीकन केही गर्नुहुन्न।
आमोस 3 पढ्नुहोस्
सुन्नुहोस् आमोस 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: आमोस 3:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू