प्रेरित 9:6-9

प्रेरित 9:6-9 NNRV

तर उठेर सहरमा जाऊ, र तिमीले जे गर्नुपर्छ सो तिमीलाई बताइनेछ।” तिनको साथमा जाने मानिसहरूले सोरचाहिँ सुने, तर कसैलाई नदेख्‍दा अवाक भई उभिरहे। तब शाऊल भूइँबाट उठे र आँखा खोल्‍दा तिनले केही पनि देखेनन्, र तिनीहरूले तिनका हात समाती डोर्‍याएर तिनलाई दमस्‍कसमा ल्‍याए। अनि तीन दिनसम्‍म तिनी नदेख्‍ने भए, र न त खाना खाए न पानी पिए।

प्रेरित 9:6-9 को लागि भिडियो