प्रेरित 9:36-41

प्रेरित 9:36-41 NNRV

योप्‍पा नगरमा तबीता, अर्थात्‌ डोरकास (हरिणी) भन्‍ने एउटी शिष्‍य थिइन्‌। तिनी असल काम गर्न र दान दिनमा लागिरहन्‍थिन्‌। ती दिनमा तिनी बिरामी भइन्‌ र तिनको मृत्‍यु भयो, र मानिसहरूले नुहाइदिएर तिनलाई माथिल्‍लो तलाको एउटा कोठामा राखे। लुड्डा योप्‍पाको नजिक भएको हुनाले, चेलाहरूले पत्रुस त्‍यहाँ छन्‌ भन्‍ने सुनेर तिनीकहाँ दुई जना मानिसलाई यस्‍तो बिन्‍ती गर्न पठाए, “हामीकहाँ ढिलो नगरी आउनुहोस्‌।” तब पत्रुस उठेर तिनीहरूसँग गए। त्‍यहाँ पुगेपछि तिनीहरूले तिनलाई माथिल्‍लो कोठामा लगे। विधवाहरू सबै तिनको नजिक उभिएर रुन लागे, र डोरकास तिनीहरूसँग हुँदा तिनले बनाइराखेका पोशाक र अरू वस्‍त्रहरू देखाए। तर पत्रुसले तिनीहरू सबैलाई बाहिर पठाएर घुँड़ा टेके अनि प्रार्थना गरे, र त्‍यस लाशतिर फर्केर भने, “तबीता, उठ!” अनि तिनले आँखा उघारिन्, र पत्रुसलाई देखी उठेर बसिन्‌। उनले तिनलाई आफ्‍ना हातले समाती जुरुक्‍कै उठाए, अनि सन्‍तहरू र विधवाहरूलाई बोलाएर तिनलाई जीवित प्रस्‍तुत गरे।

प्रेरित 9:36-41 को लागि भिडियो