प्रेरित 9:26-30

प्रेरित 9:26-30 NNRV

तिनी यरूशलेममा आएपछि तिनले चेलाहरूसँग मिल्‍ने प्रयत्‍न गरे। तर तिनीहरूलाई उनी चेला हुन्‌ भन्‍ने पत्‍यार नहुँदा सबै तिनीसँग डराए। तर बारनाबासले तिनलाई साथमा लिएर प्रेरितहरूकहाँ लगे। अनि शाऊलले प्रभुलाई बाटोमा देखेका र प्रभु तिनीसँग बोल्‍नुभएको र तिनले दमस्‍कसमा साहससित येशूको नाउँमा प्रचार गरेका कुरा तिनीहरूलाई बताइदिए। शाऊल यरूशलेममा तिनीहरूसँगसँगै खुल्‍लमखुल्‍ला हिँड्‌न थाले, र साहससित प्रभुको नाउँमा प्रचार गर्न लागे, अनि तिनी ग्रीक-यहूदीहरूसँग वाद-विवाद गर्थे, तर उनीहरूले तिनलाई मार्न खोज्‍थे। तर यो थाहा पाएर भाइहरूले तिनलाई कैसरियामा ल्‍याए र त्‍यहाँबाट तिनलाई टार्ससमा पठाइदिए।

प्रेरित 9:26-30 को लागि भिडियो