अनि तुरुन्तै तिनले सभाघरहरूमा येशूको घोषणा यसरी गरे, “उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ।” तब सुन्नेहरू जति सबैले अचम्म मानेर भने, “यो नाउँ लिने जतिलाई यरूशलेममा संहार गर्ने र यहाँ पनि तिनीहरूलाई बाँधेर मुख्य पूजाहारीहरूकहाँ लैजाने अभिप्रायले आउने यही होइन र?” तर शाऊल अझ बढ़ी शक्तिशाली हुँदैगए, र येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने प्रमाण दिएर दमस्कसमा रहने यहूदीहरूलाई अकमक्क पारिदिए। अनि धेरै दिन बितेपछि यहूदीहरूले तिनलाई मार्ने षड्यन्त्र रचे। तर तिनीहरूको षड्यन्त्र शाऊललाई थाहा भयो। उनीहरू तिनलाई मार्न रातदिन सहरका ढोकाहरूमा ढुकेर बस्थे। तर तिनका चेलाहरूले तिनलाई राती नै डालोमा हाली पर्खालबाट ओह्रालिदिए।
प्रेरित 9 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 9:20-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू