प्रेरित 9:10-16

प्रेरित 9:10-16 NNRV

दमस्‍कसमा हननिया नाउँ भएका एक जना चेला थिए। तिनलाई प्रभुले दर्शनमा भन्‍नुभयो, “ए हननिया।” तिनले भने, “प्रभु, हाजिर छु।” तब प्रभुले तिनलाई भन्‍नुभयो, “उठ, र ‘सीधा’ नामक गल्‍लीमा जाऊ, र त्‍यहाँ यहूदाको घरमा शाऊल नाउँ भएका टार्सस-निवासीलाई खोज, किनकि तिनी प्रार्थना गरिरहेका छन्‌। तिनले दर्शनमा हननिया नाउँ भएका एक जना मानिस भित्र आएर तिनले दृष्‍टि पाऊन्‌ भनेर आफूमाथि उनका हात राखेका देखेका छन्‌।” तर हननियाले भने, “प्रभु, यी मानिसले यरूशलेममा तपाईंका सन्‍तानहरूलाई कत्ति धेरै खराबी गरेका छन्, सो मैले धेरै जनाबाट सुनेको छु। यहाँ पनि तपाईंको नाउँ लिने सबैलाई बाँध्‍ने अधिकार मुख्‍य पूजाहारीहरूबाट तिनले पाएका छन्‌।” तर प्रभुले तिनलाई भन्‍नुभयो, “जाऊ, किनकि अन्‍यजातिहरू, राजाहरू र इस्राएलका सन्‍तानका सामुन्‍ने मेरो नाउँ प्रचार गर्न तिनी छानिएका मेरा एक पात्र हुन्, किनकि मेरो नाउँको खातिर तिनले कति कष्‍ट भोग्‍नुपर्छ, सो म तिनलाई देखाउनेछु।”

प्रेरित 9:10-16 को लागि भिडियो