प्रेरित 7:8-16

प्रेरित 7:8-16 NNRV

उहाँले तिनीसँग खतनाको करार बाँध्‍नुभयो, र अब्राहाम इसहाकका पिता भएर आठौँ दिनमा इसहाकको खतना गरे। इसहाक याकूबका पिता भए, र याकूब बाह्रै कुलका पिता भए। “कुलपतिहरूले योसेफसँग डाह गरेर तिनलाई मिश्रदेशमा बेचिदिए। तर परमेश्‍वर तिनीसँग हुनुहुन्‍थ्‍यो। परमेश्‍वरले तिनका सारा कष्‍टबाट छुटाएर मिश्रदेशका राजा फारोको सामुन्‍ने तिनलाई कृपा गर्नुभयो र बुद्धि दिनुभयो, र फारोले तिनलाई मिश्रदेश र उनका सारा घरका हाकिम तुल्‍याए। “त्‍यसपछि सारा मिश्रदेश र कनानमा अनिकाल परेर ठूलो कष्‍ट भयो, र हाम्रा पुर्खाहरूले अन्‍न पाएनन्‌। तर याकूबले मिश्रदेशमा अन्‍न छ भन्‍ने कुरा सुनेर हाम्रा पुर्खाहरूलाई पहिलो पल्‍ट त्‍यहाँ पठाए। दोस्रो पटकको भेटमा योसेफले तिनका दाजुभाइहरूलाई आफ्‍नो परिचय दिए, र योसेफको परिवार पनि फारोकहाँ जाहेर भयो। योसेफले आफ्‍ना बुबा याकूबलाई र आफ्‍ना जम्‍मै कुटुम्‍बलाई, जो पचहत्तर प्राणी थिए, उनीकहाँ डाकिपठाए। याकूब मिश्रदेशमा गए, र त्‍यहीँ उनको देहान्‍त भयो, र हाम्रा पुर्खाहरूको पनि त्‍यहाँ नै देहान्‍त भयो। त्‍यसपछि तिनीहरूका मृत शरीर शकेममा लगे, र अब्राहामले शकेममा हमोरका छोराहरूबाट दाम तिरेर किनेको चिहानमा राखे।

प्रेरित 7:8-16 को लागि भिडियो