“ती तिनै मोशा हुन्, जसले इस्राएलीहरूलाई भनेका थिए, ‘परमेश्वरले मलाई खड़ा गर्नुभएजस्तै तिमीहरूका दाजुभाइहरूमध्येबाट तिमीहरूका निम्ति एक जना अगमवक्ता खड़ा गर्नुहुनेछ।’ यी तिनै मोशा हुन्, जो उजाड-स्थानमा भएको समुदायमा स्वर्गदूतसँग थिए, जुन स्वर्गदूतले सीनै पर्वतमा र हाम्रा पुर्खाहरूसँग बोलेका थिए, र तिनैले हामीलाई दिनका निम्ति जीवित वाणीहरू पाएका थिए। “हाम्रा पुर्खाहरूले तिनको आज्ञापालन गर्न इन्कार गरे। तिनीहरूले तिनलाई पन्छाएर मिश्रदेशमै फर्केर जाने मन गरे। तिनीहरूले हारूनलाई यसो भने, ‘हाम्रा अगिअगि लाग्ने कोही देवताहरू हाम्रा निम्ति बनाइदिनुहोस्, किनकि हामीलाई मिश्रदेशबाट निकालेर ल्याउने यी मोशालाई के कसो भयो हामी जान्दैनौं।’ ती दिनमा तिनीहरूले एउटा बाछाको मूर्ति बनाए, र त्यसमा बलि पनि चढ़ाए, र आफ्ना हातको काममा खुशी मनाए। तर परमेश्वरले तिनीहरूलाई तिरस्कार गर्नुभयो, र तिनीहरूलाई आकाशका तारामण्डलको उपासना गर्न छोडिदिनुभयो, जस्तो अगमवक्ताहरूका पुस्तकमा लेखिएको छ, ‘इस्राएलका मानिस हो, के तिमीहरूले चालीस वर्षसम्म उजाड-स्थानमा मलाई पशुबलि र भेटीहरू चढ़ायौ? तिमीहरूले मोलोखको तम्बू र रेफन देवताको तारा, र तिमीहरूले पुज्नलाई बनाएका मूर्तिहरू उठाइलग्यौ। अब म तिमीहरूलाई बेबिलोनदेखि पारी निर्वासित गर्नेछु।’
प्रेरित 7 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 7
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 7:37-43
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू