“चालीस वर्ष बितेपछि सीनै पर्वतको उजाड-स्थानमा जलिरहेको पोथ्राको ज्वालामा एउटा स्वर्गदूत तिनीकहाँ देखा परे। जब मोशाले यो देखे तब तिनी यस दर्शनले छक्क परे, र त्यो हेर्नलाई नजिक जाँदा परमप्रभुको यस्तो वाणी भयो, ‘म तिम्रा पुर्खाहरूका परमेश्वर हुँ— अब्राहाम, इसहाक र याकूबका परमेश्वर।’ मोशा काम्न लागे, र तिनले त्यतातिर हेर्नेसम्म आँट गरेनन्। “तब परमप्रभुले तिनलाई भन्नुभयो, ‘तिम्रा खुट्टाका जुत्ता फुकाल, किनकि जुन स्थानमा तिमी खड़ा छौ, त्यो पवित्र स्थान हो। मिश्रमा भएका मेरा प्रजाको दुर्दशा मैले देखें, र तिनीहरूको बिलौना पनि सुनें। तिनीहरूलाई छुटकारा दिन म ओर्लिआएको छु। अब आऊ, म तिमीलाई मिश्रदेशमा पठाउनेछु।’ “यही मोशा, जसलाई तिनीहरूले ‘कसले तिमीलाई हाकिम र न्यायकर्ता तुल्यायो’ भनेर इन्कार गरेका थिए, तिनलाई परमेश्वरले पोथ्रामा देखा पर्ने स्वर्गदूतद्वारा हाकिम र उद्धारकर्ता तुल्याएर पठाउनुभयो। यिनै मानिसले मिश्रदेशमा, लाल समुद्रमा र चालीस वर्षभरि उजाड-स्थानमा उदेकका काम र चिन्हहरू गरिकन तिनीहरूलाई बाहिर ल्याए।
प्रेरित 7 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 7
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 7:30-36
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू