“जब तिनी चालीस वर्षका भए, तब आफ्ना इस्राएली दाजुभाइहरूलाई भेट गर्ने इच्छा तिनको हृदयमा उठ्यो। आफ्ना जातभाइमध्ये एक जनामाथि अन्याय भइरहेको देखेर, तिनले त्यसलाई रक्षा गरे, र त्यस अन्याय गर्ने मिश्रीलाई मारी आफ्ना भाइमाथि भएको अत्याचारको बदला लिए। परमेश्वरले मेरो हातबाट तिनीहरूको उद्धार गर्नुहुन्छ भन्ने मेरा भाइबन्धुले बुझ्लान् भन्ने तिनले विचार गरेका थिए। तर तिनीहरूले सो बुझेनन्। भोलिपल्ट तिनीहरू नै आपसमा झगड़ा गरिरहेको बेलामा तिनी आए, र तिनीहरूलाई मिलाउने कोसिस गरेर भने, ‘मानिस हो, तिमीहरू त दाजुभाइ हौ, तब किन एउटाले अर्कालाई अन्याय गर्छौ?’ “तर आफ्नो छिमेकीमाथि अन्याय गर्नेले तिनलाई यसो भनेर घचेटिदियो, ‘हामीमाथि हाकिम र न्यायकर्ता हुन तिमीलाई कसले नियुक्त गर्यो? हिजो त्यस मिश्रीलाई मारेजस्तो तिमी मलाई पनि मार्न चाहन्छौ?’ यस्तो जवाफ सुनेर मोशा भागेर मिद्यान देशमा गई प्रवासी भए। त्यहाँ तिनका दुई छोराहरू जन्मे।
प्रेरित 7 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 7
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 7:23-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू