प्रेरित 6:1-7

प्रेरित 6:1-7 NNRV

ती दिनमा जब चेलाहरूको संख्‍या बढ्‌दैगएको थियो, तब हिब्रूहरूका विरुद्धमा ग्रीक-यहूदीहरूले गनगन गरे, किनभने दैनिक खाद्य वितरणमा तिनीहरूका विधवाहरूले चाहिँदो भोजन पाउँदैनथिए। तब बाह्रैले चेलाहरूको समूहलाई बोलाएर भने, “परमेश्‍वरको वचन प्रचार गर्न छोड़ेर खुवाउने-पियाउने सेवा गर्न हामीलाई उचित हुँदैन। यसकारण भाइ हो, तिमीहरू मध्येबाट पवित्र आत्‍मा र बुद्धिले भरिएका र सबैको आदर पाएका सात जना मानिस छान जसलाई हामी यस काममा नियुक्त गरौं। तर हामीचाहिँ प्रार्थना र वचनको सेवकाइमा सम्‍पूर्ण समय दिनेछौं।” यो कुरा समूहका सबैलाई मन पर्‍यो र भेला भएका जम्‍मैलाई असल लाग्‍यो, र तिनीहरूले पवित्र आत्‍मा र विश्‍वासले भरिपूर्ण भएका स्‍तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्‍टिओखियाका यहूदी मत मान्‍ने निकोलाउसलाई छाने। तिनीहरूले यी मानिसहरूलाई प्रेरितहरूका सामुन्‍ने ल्‍याए र प्रेरितहरूले प्रार्थना गरे र यिनीहरूमाथि आफ्‍ना हात राखे। परमेश्‍वरको वचन बढ्‌दैगयो, र चेलाहरूको संख्‍या यरूशलेममा अत्‍यन्‍तै बढ़्यो। पूजाहारीहरूमध्‍ये धेरै जनाले यस विश्‍वासलाई ग्रहण गरे।

प्रेरित 6:1-7 को लागि भिडियो