प्रेरित 5:7-11

प्रेरित 5:7-11 NNRV

जे भइसकेको थियो सो थाहा नपाई प्राय: तीन घण्‍टापछि तिनकी पत्नी पनि भित्र आई। पत्रुसले त्‍यसलाई सोधे, “मलाई भन, तिमीहरूले जमिन त्‍यत्तिमै बेचेका हौ?” अनि त्‍यसले भनी, “ज्‍यू, त्‍यत्तिमै।” तर पत्रुसले त्‍यसलाई भने, “तिमीहरूले प्रभुका आत्‍माको परीक्षा गर्न कसरी मिलेर मतो गर्‍यौ? हेर, तिम्रा पतिलाई गाड्‌नेहरू ढोकामै छन्‌ र तिनीहरूले तिमीलाई बोकेर बाहिर लैजानेछन्‌।” अनि तुरुन्‍तै त्‍यो उनका पाउनेर लड़ी र प्राण त्‍याग गरी। जब जवानहरू भित्र आए, त्‍यसलाई मरिसकेकी देखेर बाहिर बोकेर लगे, र त्‍यसको पतिको नजिकमा गाडिदिए। सारा मण्‍डलीमाथि र यी कुरा सुन्‍ने सबैमाथि ठूलो डर छायो।

प्रेरित 5:7-11 को लागि भिडियो