प्रेरित 5:33-39

प्रेरित 5:33-39 NNRV

तर जब उनीहरूले यो सुने तब उनीहरू साह्रै रिसाए, र तिनीहरूलाई मार्न खोजे। तर व्‍यवस्‍थाका पण्‍डित र जनतामा माननीय गमलिएल नाम भएका फरिसीले महासभामा उठेर तिनीहरूलाई केही बेर बाहिर जाने आदेश दिए, र उनले महासभाका मानिसहरूलाई भने, “इस्राएली हो, यी मानिसहरूलाई तपाईंहरूले जे गर्न आँट्‌नुभएको छ, त्‍यसमा होशियार हुनुहोस्‌। किनकि आजभन्‍दा अघि पनि थूदासले कोही हुँ भन्‍ने दाबी गर्‍यो र प्राय: चार सय मानिसहरू त्‍यसको पछि लागे। त्‍यो मारियो, र त्‍यसको पछि लाग्‍नेहरू सबै छरपष्‍ट भए र सब व्‍यर्थ भयो। यस मानिसपछि जनगणनाको समयमा गालीलको यहूदा भन्‍ने खड़ा भयो, र कतिपय मानिसहरूलाई आफूतिर खिँच्‍यो। त्‍यो पनि नष्‍ट भयो, र त्‍यसलाई मान्‍नेहरू यताउता छरिएर गए। अहिलेको यस मामिलामा म तपाईंहरूलाई भन्‍दछु, कि यी मानिसहरूबाट अलग्‍ग बस्‍नुहोस्, र यिनीहरूलाई छोडिदिनुहोस्, किनकि यिनीहरूको यो योजना अथवा यो काम मानिसहरूबाट रहेछ भने त्‍यो आफै मेटिनेछ। तर यदि यो परमेश्‍वरबाट हो भनेता तपाईंहरूले यसलाई रोक्‍न सक्‍नुहुन्‍न। नत्रता तपाईंहरू परमेश्‍वरको विरुद्धमा उठेका ठहरिनुहुनेछ।”

प्रेरित 5:33-39 को लागि भिडियो