प्रेरित 5:1-5

प्रेरित 5:1-5 NNRV

तर हननिया नाउँका कोही एक जना र तिनकी पत्नी सफीराले एक टुक्रा जमिन बेचे, र त्‍यसको मोलबाट तिनकी पत्नीकै जानकारीमा केही हिस्‍सा आफूसँग राखे, र केही हिस्‍सा ल्‍याएर प्रेरितहरूका चरणमा राखिदिए। तर पत्रुसले भने, “ए हननिया, पवित्र आत्‍मासँग झूट बोल्‍ने र जमिनको बिक्रीको मोलबाट केही हिस्‍सा आफूसँग राख्‍ने कुरा शैतानले कसरी तिम्रो मनमा भरिदियो? त्‍यो बिक्री नभइञ्‍जेल के त्‍यो तिम्रो आफ्‍नै थिएन? र त्‍यो बिक्री भएपछि पनि त्‍यो तिम्रै अधिकारमा थिएन र? यस्‍तो काम गर्ने विचार तिम्रो हृदयमा कसरी आयो? तिमीले मानिसहरूलाई त होइन, तर परमेश्‍वरलाई नै ढाँटेका छौ।” यो कुरा सुनेर हननिया भूइँमा लड़े र तिनले प्राण त्‍यागे। यो सुन्‍नेहरू सबैमाथि ठूलो डर छायो।

प्रेरित 5:1-5 को लागि भिडियो