प्रेरित 4:21-28

प्रेरित 4:21-28 NNRV

तिनीहरूले सजाय दिने केही उपाय नभएर यिनीहरूलाई अझ बढ़ी धम्‍काएर छोडिदिए, किनभने जे घटना घटेको थियो त्‍यसको निम्‍ति सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका थिए। किनकि जुन मानिस आश्‍चर्य कामद्वारा निको पारिएको थियो, त्‍यसको उमेर चालीस वर्षभन्‍दा बढ़ी थियो। छुटकारा पाएर तिनीहरू आफ्‍ना साथीहरूकहाँ आए, र मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूले भनेका सबै कुराहरू उनीहरूलाई बताइदिए। जब तिनीहरूले यो सुने, तब तिनीहरूले एकसाथ परमेश्‍वरतिर आफ्‍ना सोर उचाली भने, “हे प्रभु, जसले स्‍वर्ग, पृथ्‍वी, समुद्र र तिनमा भएका यावत्‌ थोक बनाउनुभयो, जसले पवित्र आत्‍माद्वारा आफ्‍ना सेवक हाम्रा पुर्खा दाऊदका मुखबाट भन्‍नुभयो, ‘अन्‍यजातिहरू किन झोकिए, र मानिसहरूले व्‍यर्थका कुराहरू किन कल्‍पना गरे? परमप्रभुको विरुद्धमा र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्‍वीका राजाहरू खड़ा भए, र शासकहरू एकसाथ भेला भए।’ किनभने साँच्‍चै तपाईंले अभिषेक गर्नुभएका, तपाईंका पवित्र सेवक येशूको विरुद्धमा हेरोद र पन्‍तियस पिलातस दुवै जना, अन्‍यजाति र इस्राएलीहरूसँग यसै सहरमा भेला भएका थिए। त्‍यही गर्नलाई जे तपाईंको बाहुलीबाट र तपाईंको योजनाअनुसार अघिबाटै ठहराइएको थियो।

प्रेरित 4:21-28 को लागि भिडियो