प्रेरित 3:17-26

प्रेरित 3:17-26 NNRV

अब भाइ हो, मलाई थाहा छ, कि तपाईंहरूले अजानमा त्‍यसो गर्नुभयो, र तपाईंका शासकहरूले पनि त्‍यसै गरे। उहाँका ख्रीष्‍टले दुःख भोग्‍नुपर्छ भनी परमेश्‍वरले सबै अगमवक्ताका मुखबाट भन्‍नुभएको अगमवाणी उहाँले यसरी पूरा गर्नुभयो। यसकारण पश्‍चात्ताप गर्नुहोस्‌ र फर्कनुहोस्, कि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्‍थितिबाट आनन्‍दको समय आओस्, र उहाँले तपाईंहरूका निम्‍ति अघिबाटै नियुक्त गर्नुभएको ख्रीष्‍ट, अर्थात्‌ येशूलाई पठाइदिनुहुन्‍छ। परमेश्‍वरले प्राचीन कालदेखि आफ्‍ना पवित्र अगमवक्ताहरूका मुखबाट बोल्‍नुभएका सबै थोकको पुनर्स्‍थापना हुने समय नआउञ्‍जेल ख्रीष्‍ट स्‍वर्गमा अवश्‍य रहनुपर्छ। मोशाले भनेका थिए, ‘परमप्रभु परमेश्‍वरले मलाई खड़ा गर्नुभएजस्‍तै तिमीहरूका दाजुभाइहरूका माझबाट एक जना अगमवक्ता तिमीहरूका निम्‍ति खड़ा गर्नुहुनेछ। उहाँले तिमीहरूलाई जे-जे भन्‍नुहुनेछ ती सबै कुरा तिमीहरूले सुन्‍नुपर्छ। यसो हुनेछ, कि त्‍यस अगमवक्तालाई नसुन्‍ने जति हरेक प्राणी मानिसहरूका बीचबाट नष्‍ट हुनेछ।’ “शमूएलदेखि लिएर त्‍यसपछिका सबै अगमवक्ताहरू जत्तिले बोलेका छन्, ती सबले यिनै दिनहरूको घोषणा गरेका छन्‌। तपाईंहरू तिनै अगमवक्ताहरूका र त्‍यही करारका सन्‍तान हुनुहुन्‍छ, जुन करार परमेश्‍वरले तपाईंहरूका पुर्खा अब्राहामसँग यसो भनेर बाँध्‍नुभयो, ‘तिम्रा सन्‍तानमा पृथ्‍वीका सबै परिवारले आशिष्‌ पाउनेछन्‌।’ तपाईंहरू हरेकलाई आफ्‍नो दुष्‍टताबाट फर्काएर तपाईंहरूलाई आशिष्‌ दिन भनी परमेश्‍वरले आफ्‍ना सेवकलाई खड़ा गर्नुभयो र सर्वप्रथम तपाईंहरूकहाँ पठाउनुभयो।”

प्रेरित 3:17-26 को लागि भिडियो