त्यो मानिस पत्रुस र यूहन्नाको पछिपछि लागेको देखेर सबै मानिसहरू अति अचम्म मान्दै सोलोमन नामक दलानमा एकसाथ तिनीहरूकहाँ दगुरी आए। यो देखेर पत्रुसले मानिसहरूलाई भने, “इस्राएलका मानिस हो, यस कुरामा तपाईंहरू किन अचम्म मान्नुहुन्छ? अथवा हाम्रो आफ्नै शक्ति वा भक्तिद्वारा हामीले यसलाई हिँड्ने तुल्याएजस्तै किन वाल्ल परेर हामीलाई हेर्नुहुन्छ? अब्राहाम, इसहाक र याकूबका परमेश्वर, हाम्रा पुर्खाका परमेश्वरले आफ्ना सेवक येशूलाई महिमित पार्नुभयो, जसलाई तपाईंहरूले चाहिँ पक्राइदिनुभयो, र पिलातसले उहाँलाई छोडिदिने विचार गर्दा पनि तपाईंहरूले उहाँलाई उनकै सामने अस्वीकार गर्नुभयो। तर तपाईंहरूले पवित्र र धर्मी जनलाई अस्वीकार गरिकन एक जना ज्यानमारालाई छोडिदिने माग गर्नुभयो, र जीवनका कर्तालाई तपाईंहरूले मार्नुभयो, जसलाई परमेश्वरले मृतकबाट बिउँताउनुभयो, हामी यसका साक्षी छौं। उहाँको नाउँमाथि गरेको विश्वासले र उहाँकै नाउँले तपाईंहरूले देखेका र जानेका यस मानिसलाई बलियो तुल्यायो। येशूबाट पाएको विश्वासले यस मानिसलाई तपाईंहरू सबैका सामुन्ने पूरा निको पार्यो।
प्रेरित 3 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 3:11-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू