प्रेरित 3:1-10

प्रेरित 3:1-10 NNRV

पत्रुस र यूहन्‍ना दिउँसो तीन बजे प्रार्थनाको समयमा मन्‍दिरमा जाँदैथिए। मन्‍दिरभित्र पस्‍नेहरूसँग भीख माग्‍न जन्‍मैदेखिको एक जना लङ्गड़ालाई मानिसहरू बोकेर ल्‍याउँथे र दिनहुँ मन्‍दिरको सुन्‍दर नामक ढोकामा राखिदिन्‍थे। पत्रुस र यूहन्‍नालाई मन्‍दिरभित्र पस्‍न लागेका देखेर त्‍यसले भीख माग्‍यो। यूहन्‍नासँगै पत्रुसले त्‍यसलाई एकटक लाएर हेरिकन भने, “हामीतिर हेर्‌!” तिनीहरूबाट केही पाउने आशा गरेर त्‍यसले ध्‍यान दिएर तिनीहरूलाई हेर्‍यो। तब पत्रुसले भने, “सुनचाँदी मसित छैन। तर जे मसित छ, त्‍यही म तँलाई दिन्‍छु। नासरतका येशू ख्रीष्‍टको नाउँमा हिँड्‌!” तिनले त्‍यसको दाहिने हात समातेर त्‍यसलाई उठाए, र तुरुन्‍तै त्‍यसका खुट्टाहरू र गोलीगाँठामा ताकत आयो। अनि जुरुक्‍कै उठेर त्‍यो खड़ा भयो र हिँड्‌न थाल्‍यो, र हिँड्‌दै र उफ्रँदै र परमेश्‍वरको स्‍तुति गर्दै तिनीहरूसँग मन्‍दिरमा पस्‍यो। तब सबै मानिसहरूले त्‍यसलाई हिँड्‌दैगरेको र परमेश्‍वरको प्रशंसा गरिरहेको देखे। तिनीहरूले त्‍यसलाई मन्‍दिरको सुन्‍दर ढोकामा भीख माग्‍न बसिरहने यही नै हो भनेर चिने, र त्‍यसमाथि भएको कुरामा तिनीहरूले अचम्‍म माने र आश्‍चर्यचकित भए।

प्रेरित 3:1-10 को लागि भिडियो