प्रेरित 28:1-6

प्रेरित 28:1-6 NNRV

हामी सकुशल किनार लागेपछि त्‍यस टापूको नाउँ माल्‍टा रहेछ भन्‍ने हामीलाई थाहा लाग्‍यो। त्‍यहाँका बासिन्‍दाहरूले हामीलाई अपूर्व दया देखाए। पानी परेर जाडो भएको कारणले तिनीहरूले आगो बालिदिए, र हामी सबैलाई स्‍वागत गरे। पावलले एक बिटा दाउरा जम्‍मा गरेका थिए र सो ल्‍याएर आगोमा हाले। आगोको तापले एउटा सर्प निस्‍केर आयो, र तिनको हातमा बेह्रियो। त्‍यहाँका बासिन्‍दाहरूले तिनको हातमा सर्प बेह्रिएको देखेर आपसमा भन्‍न लागे, “यो मानिस पक्‍का पनि ज्‍यानमारा नै हुनुपर्छ। यो समुद्रबाट बाँचेर त निस्‍क्‍यो तर इन्‍साफबाट यो उम्‍कन सकेन।” तर पावलले चाहिँ त्‍यस सर्पलाई आगोमा झट्‌कारिदिए, र तिनको केही बिगार हुन पाएन। तर तिनको शरीर सुनिनेछ, अथवा तिनी एक्‍कासि ढलेर मर्नेछन्‌ भनी तिनीहरूले प्रतीक्षा गर्न लागे। तर धेरै बेरसम्‍म प्रतीक्षा गरिरहँदा पनि तिनको केही बिगार नभएको देखेर तिनीहरूले आफ्‍नो विचार बद्‌लेर भन्‍न लागे, “यिनी त देवता पो रहेछन्‌।”

प्रेरित 28:1-6 को लागि भिडियो