प्रेरित 27:21-25

प्रेरित 27:21-25 NNRV

धेरै दिनसम्‍म तिनीहरू नखाई बसेका थिए। तब पावलले तिनीहरूकहाँ आएर भने, “मित्र हो, तपाईंहरूले मेरो सल्‍लाह मानेर क्रेटबाट जहाज नचलाउनुपर्ने थियो, र यस्‍तो सङ्कष्‍ट र हानि तपाईंहरूले खप्‍नुपर्ने थिएन। अब म भन्‍दछु, साहस गर्नुहोस्‌। तपाईंहरूमध्‍ये कसैको ज्‍यान जानेछैन, तर जहाजचाहिँ नष्‍ट हुनेछ। किनभने जुन परमेश्‍वरको म हुँ, र जसको आराधना म गर्दछु, उहाँका एक दूत आज राती मेरो छेउमा खड़ा भए। उनले मलाई भने, ‘पावल, नडराऊ, तिमी कैसरको सामु अवश्‍य खड़ा हुनुपर्छ, र हेर, तिमीसँग जहाजमा चढ्‌ने जति सबैका प्राण परमेश्‍वरले तिम्रो हातमा दिनुभएको छ।’ यसकारण मित्र हो, साहस गर्नुहोस्‌। म परमेश्‍वरमा विश्‍वास गर्छु, मलाई जस्‍तो बताइएको छ, ठीक त्‍यस्‍तै हुनेछ।

प्रेरित 27:21-25 को लागि भिडियो