प्रेरित 24:10-15

प्रेरित 24:10-15 NNRV

हाकिमले तिनलाई बोल्‍ने इशारा गरेपछि पावलले जवाफ दिए, “धेरै वर्षदेखि हजूर यहूदी जातिका न्‍यायाधीश हुनुभएको कुरा थाहा भएकोले म आफ्‍नो पक्षमा सहर्ष बोल्‍दछु। हजूरले पत्ता लाउन सक्‍नुहुन्‍छ कि म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्‍दा बढ़ी भएको छैन। यिनीहरूले न त मलाई कुनै मानिससँग बहस गरिरहेको भेट्टाए, न मन्‍दिरमा वा सभाघरमा अथवा सहरमा जनतालाई उत्तेजित पारेको भेट्टाए, न त मलाई अहिले दोष लाइरहेका कुराहरूको यिनीहरूले प्रमाण दिन सक्‍छन्‌। तर यो म हजूरकै सामने स्‍वीकार गर्दछु, कि जुन मार्गलाई तिनीहरू एउटा पन्‍थ भन्‍दछन्, त्‍यहीबमोजिम व्‍यवस्‍थामा भएका कुरा र अगमवक्ताका पुस्‍तकमा लेखिएका सबै कुरा विश्‍वास गरी मेरा पुर्खाहरूका परमेश्‍वरको आराधना म गर्दछु। धर्मी र अधर्मीहरू दुवैको मृतकबाट पुनरुत्‍थान हुन्‍छ भन्‍ने यिनीहरू आफैले स्‍वीकार गरेजस्‍तै म परमेश्‍वरमा आशा राख्‍दछु।

प्रेरित 24:10-15 को लागि भिडियो