“मेरो यात्रामा दमस्कसनेर आइपुग्दा प्राय: मध्यान्ह भएको हुँदो हो, अचानक स्वर्गबाट एउटा ठूलो ज्योति मेरो वरिपरि चम्क्यो, र म जमिनमा लोटें, अनि मलाई यसो भनिरहेको एउटा आवाज सुनें, ‘ए शाऊल, ए शाऊल, तिमी किन मलाई सताउँदछौ?’ अनि मैले सोधें, ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ अनि उहाँले मलाई भन्नुभयो, ‘नासरतको येशू मै हुँ, जसलाई तिमी सताइरहेछौ।’ तब मसँग जति जना थिए, तिनीहरूले ज्योति त देखे, तर मसँग बोल्नेको शब्द भने सुनेनन्। “मैले भने, ‘हे प्रभु, अब के गरूँ?’ अनि प्रभुले मलाई भन्नुभयो, ‘उठ, दमस्कसमा जाऊ, र तिमीले गर्नुपर्ने तोकेका कामहरू तिमीलाई बताइनेछन्।’ त्यस ज्योतिको तेजले गर्दा जब मैले केही देख्न सकिनँ, तब मसँग हुनेहरूले हातले समाती डोर्याएर मलाई दमस्कसमा ल्याए। “हननिया भन्ने एक जना व्यवस्थाअनुसार चल्ने भक्त मानिस जसले त्यहाँ बस्ने सबै यहूदीहरूबाट आदर पाएका थिए, तिनी मकहाँ आए, र मेरो छेउमा खड़ा भएर मलाई भने, ‘भाइ शाऊल, दृष्टि प्राप्त गर्नुहोस्।’ र मैले त्यही घड़ी दृष्टि प्राप्त गरें, र तिनलाई देखें।
प्रेरित 22 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 22
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 22:6-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू