हामी त्यहाँ केही दिन बस्दा यहूदियाबाट अगाबस नाउँका एक जना अगमवक्ता आए। उनले हामीकहाँ आएर पावलको पटुका लिई आफ्नो हात-खुट्टा बाँधे, र भने, “पवित्र आत्मा यसो भन्नुहुन्छ, ‘यो पटुका जुन मानिसको हो, त्यसलाई यरूशलेममा यहूदीहरूले यसैगरी बाँध्नेछन् र अन्यजातिहरूका हातमा सुम्पिदिनेछन्’।” यो कुरा सुनेर, हामी र त्यस ठाउँका मानिसहरू मिलेर तिनलाई यरूशलेममा नजानुहोस् भनी बिन्ती गर्यौं। तर पावलले जवाफ दिए, “तिमीहरू यसरी रोएर मेरो मनलाई किन छियाछिया पार्छौ? किनकि प्रभु येशूको नाउँको निम्ति कैदमा पर्नु मात्र होइन, तर यरूशलेममा मर्न पनि म तयार छु।” तिनलाई मनाउन नसक्दा “प्रभुको इच्छा पूरा होस्” भनेर हामी चूप लाग्यौं।
प्रेरित 21 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 21
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 21:10-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू