मैले कुनै मानिसको सुन, चाँदी, कि वस्त्रको लोभ गरिनँ। तपाईंहरू आफै जान्नुहुन्छ कि मेरा यिनै हातले मेरो आफ्नै र मेरा साथमा भएकाहरूको आवश्यकतालाई पूरा गरेका छन्। मैले सबै कुरामा तपाईंहरूलाई उदाहरण दिएको छु, कि तपाईंहरूले पनि यसरी नै कड़ा परिश्रम गरेर निर्धाहरूलाई मदत गर्नुपर्छ। प्रभु येशूको वचन याद राख्नुहोस्, कसरी उहाँ आफैले भन्नुभएको छ, कि लिनुभन्दा दिनु अझ धन्य हो।” यति भनेर तिनले घुँड़ा टेके र उनीहरू सबैका साथमा प्रार्थना गरे। उनीहरू सबै रोए, र पावललाई अँगालो हालेर चुम्बन गरे। उनीहरूले फेरि कहिल्यै तिनको मुख देख्नेछैनन् भनी पावलले भनेका कुरामा तिनीहरूले ज्यादै शोक गरे। अनि उनीहरूले तिनलाई जहाजमा पुर्याए।
प्रेरित 20 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 20
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 20:33-38
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू