प्रेरित 20:25-32

प्रेरित 20:25-32 NNRV

“अब हेर्नुहोस्, म जान्‍दछु कि तपाईंहरूमध्‍ये सबै, जस-जसलाई मैले राज्‍यको प्रचार गर्दै हिँड़े, तपाईंहरूले मेरो मुख फेरि कहिल्‍यै देख्‍नुहुनेछैन। यसैकारण आजको दिन म तपाईंहरूलाई गवाही दिँदछु, कि म कसैको रगतको दोषी हुनेछैनँ। किनभने परमेश्‍वरको समस्‍त अभिप्राय तपाईंहरूलाई बताउन म पछि हटिनँ। तपाईंहरू आफ्‍ना निम्‍ति र आफ्‍नो समस्‍त बगालको निम्‍ति सावधान रहनुहोस्‌। पवित्र आत्‍माले तपाईंहरूलाई बगालका जिम्‍मावाल बनाउनुभएको हुनाले उहाँले आफ्‍नै रगतले किन्‍नुभएको परमेश्‍वरका मण्‍डलीको हेरचाह तपाईंहरू गर्नुहोस्‌। किनभने मलाई थाहा छ, कि म गएपछि डरलाग्‍दा ब्‍वाँसाहरू तपाईंहरूका माझमा पस्‍नेछन्, जसले बगाललाई बाँकी राख्‍नेछैनन्‌। तपाईंहरूकै बीचबाट भर्माउने कुरा बोल्‍ने मानिसहरू उठ्‌नेछन्, जसले चेलाहरूलाई आफ्‍ना पछि लैजानेछन्‌। यसकारण यो सम्‍झेर होशियार हुनुहोस्, कि तीन वर्षसम्‍म दिनरात आँसु बगाउँदै हरेक मानिसलाई मैले चेताउनी दिइरहें। “अब म तपाईंहरूलाई परमेश्‍वरमा र उहाँका अनुग्रहको वचनमा सुम्‍पिदिन्‍छु, जसले तपाईंहरूलाई सुदृढ़ पार्न सक्‍छ, र पवित्र पारिएकाहरू सबैका बीचमा उत्तराधिकार दिन सक्‍छ।

प्रेरित 20:25-32 को लागि भिडियो