प्रेरित 2:39-42

प्रेरित 2:39-42 NNRV

किनकि प्रतिज्ञा तिमीहरूका निम्‍ति, तिमीहरूका सन्‍तानको निम्‍ति र टाढ़ा-टाढ़ामा रहेका सबैका निम्‍ति हो, प्रत्‍येक जसलाई प्रभु हाम्रा परमेश्‍वरले बोलाउनुहुन्‍छ।” अरू धेरै कुराहरूद्वारा उनले तिनीहरूलाई गवाही दिए, र यसो भनेर अर्ती दिए, “यस दुष्‍ट पुस्‍ताबाट तिमीहरूले आफैलाई बचाओ।” तब जस-जसले उनको कुरा ग्रहण गरे तिनीहरूले बप्‍तिस्‍मा लिए, र त्‍यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको संख्‍यामा थपिए। तिनीहरू प्रेरितहरूका शिक्षा, सङ्गति र रोटी भाँच्‍न र प्रार्थनामा भक्तिसाथ लागिरहन्‍थे।

प्रेरित 2:39-42 को लागि भिडियो