प्रेरित 2:39-42 - Compare All Versions
प्रेरित 2:39-42 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
किनकि प्रतिज्ञा तिमीहरूका निम्ति, तिमीहरूका सन्तानको निम्ति र टाढ़ा-टाढ़ामा रहेका सबैका निम्ति हो, प्रत्येक जसलाई प्रभु हाम्रा परमेश्वरले बोलाउनुहुन्छ।” अरू धेरै कुराहरूद्वारा उनले तिनीहरूलाई गवाही दिए, र यसो भनेर अर्ती दिए, “यस दुष्ट पुस्ताबाट तिमीहरूले आफैलाई बचाओ।” तब जस-जसले उनको कुरा ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए, र त्यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको संख्यामा थपिए। तिनीहरू प्रेरितहरूका शिक्षा, सङ्गति र रोटी भाँच्न र प्रार्थनामा भक्तिसाथ लागिरहन्थे।
प्रेरित 2:39-42 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि परमेश्वरले यो प्रतिज्ञा तपाईंहरूका निम्ति, र तपाईंका सन्तानका निम्ति र टाढा-टाढा बस्नेहरूका निम्ति गर्नुभएको हो। ती सबैका निम्ति, जसलाई प्रभु हाम्रा परमेश्वरले बोलाउनुहुन्छ।” अरू पनि धेरै कुराहरू भनेर तिनले उनीहरूलाई चेतावनी दिए; र तिनीहरूलाई अर्ती दिँदै यसो भने, “यो भ्रष्ट पुस्ताबाट आफूलाई बचाउनुहोस्।” तिनका अर्ती मान्नेहरू सबैले बप्तिस्मा पाए, र त्यस दिन करिब तीन हजार जति मानिसहरू तिनीहरूका संख्यामा थपिए। तिनीहरूले प्रेरितहरूका शिक्षा, सङ्गति, रोटी भाँच्ने काम र प्रार्थनामा आफूलाई भक्तिसाथ लगाइराखे।
प्रेरित 2:39-42 NERV (पवित्र बाइबल)
यो प्रतिज्ञा तिमीहरूको लागि अनि तिमीहरूको बालकहरूको लागि अनि ती सबै मानिसहरूका लागि पनि हो जो टाढा छन्। यो ती प्रत्येक मानिसको लागि हो जसलाई प्रभु हाम्रा परमेश्वरले आफैंमा बोलाउनु हुन्छ।” पत्रुसले तिनीहरूलाई यी अनि अन्य अनेक शब्दहरूद्वारा चेतावनी पनि दिए, “उनीहरूलाई आग्रह गरे कि स्वयं तिमीहरूले यी दुष्ट पुस्ताबाट जोगाऊ।” तब ती मानिसहरू जसले पत्रुसका सन्देश माने, बप्तिस्मा लिए। त्यस दिनमा झण्डै तीन हजार जति मानिसहरू विश्वासीहरूको झुण्डमा थपिए। ती विश्वासीहरू लगातार आपसमा भेटघाट गरिरहे। तिनीहरूले आफ्ना समय प्रेरितहरूले दिएका शिक्षा सिक्नमा प्रयोग गरे। तिनीहरू एकअर्कामा साझेदार भए। तिनीहरू एक साथ खाँदै थिए अनि एक साथ प्रार्थना गर्दै थिए।
प्रेरित 2:39-42 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यो प्रतिज्ञाचाहिँ तपाईं र तपाईंहरूका छोरा-छोरीको लागि र टाढा-टाढामा रहेका सबैको लागि हो, जस-जसलाई उहाँले बोलाउनुहुन्छ।” पत्रुसले उनीहरूलाई धेरै कुराहरू भनेर साक्षी दिए अनि तिनीहरूलाई राम्ररी सम्झाउँदै भने, “आजका दुष्ट पुस्तामाथि आइपर्ने दण्डदेखि आफैंलाई बचाउनुहोस्।” धेरैले पत्रुसले दिएको सन्देशमा विश्वास गरे र बप्तिस्मा लिए। त्यस दिन बप्तिस्मा लिने मानिसहरू झण्डै तीन हजार जति थिए। तिनीहरू प्रेरितहरूसँग सिक्ने, संगति गर्ने, भोजमा भाग लिने र प्रार्थनामा लगातार लागिरहने गर्दथे।