प्रेरित 2:1-6

प्रेरित 2:1-6 NNRV

जब पेन्‍तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए। अनि स्‍वर्गबाट अचानक ठूलो बतासको झोक्‍काजस्‍तै एउटा आवाज आयो, र तिनीहरू बसेको पूरा घरै भरिदियो। आगोका जिब्राहरूजस्‍ता तिनीहरूकहाँ देखा परे, र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे। अनि तिनीहरू सबै जना पवित्र आत्‍माले भरिए, र पवित्र आत्‍माले तिनीहरूलाई दिनुभएको उच्‍चारणबमोजिम तिनीहरू अन्‍य भाषाहरूमा बोल्‍न लागे। स्‍वर्गमुनि भएको हरेक देशबाट ईश्‍वरभक्त यहूदीहरू त्‍यस बेला यरूशलेममा बसेका थिए। तब यो आवाज सुनेर भीड जम्‍मा भयो। तिनीहरू आश्‍चर्यचकित भए, किनकि हरेकले आ-आफ्‍ना भाषामा तिनीहरू बोलिरहेका सुन्‍यो।

प्रेरित 2:1-6 को लागि भिडियो