प्रेरित 2:1-5

प्रेरित 2:1-5 NNRV

जब पेन्‍तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए। अनि स्‍वर्गबाट अचानक ठूलो बतासको झोक्‍काजस्‍तै एउटा आवाज आयो, र तिनीहरू बसेको पूरा घरै भरिदियो। आगोका जिब्राहरूजस्‍ता तिनीहरूकहाँ देखा परे, र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे। अनि तिनीहरू सबै जना पवित्र आत्‍माले भरिए, र पवित्र आत्‍माले तिनीहरूलाई दिनुभएको उच्‍चारणबमोजिम तिनीहरू अन्‍य भाषाहरूमा बोल्‍न लागे। स्‍वर्गमुनि भएको हरेक देशबाट ईश्‍वरभक्त यहूदीहरू त्‍यस बेला यरूशलेममा बसेका थिए।

प्रेरित 2:1-5 को लागि भिडियो