यसपछि पावल धेरै दिनसम्म त्यहाँ बसे। तब भाइहरूसँग बिदा भई तिनी जहाजमा सिरिया गए। तिनीसँग प्रिस्किला र अकिलास पनि थिए। कुनै भाकलको करारमा तिनले किंक्रियामा आफ्नो कपाल खौरे। तिनीहरू एफिससमा आइपुगे, अनि पावलले तिनीहरूलाई त्यहीँ छोड़े, र आफूचाहिँ एउटा सभाघरमा पसेर यहूदीहरूसित बहस गर्न लागे। तब उनीहरूले तिनलाई अझ केही दिन बस्ने बिन्ती गर्दा तिनले इन्कार गरे। उनीहरूसँग बिदा हुँदा तिनले भने, “परमेश्वरको इच्छा भए म फेरि तिमीहरूकहाँ फर्केर आउनेछु।” तब तिनी जहाजमा चढ़ी एफिससबाट गए। जब तिनी कैसरियामा उत्रे तब माथि उक्लेर मण्डलीलाई भेटघाट गरी अभिवादन गरेर एन्टिओखियातिर ओर्ले। तिनले त्यहाँ केही दिन बिताएर त्यहाँबाट निस्की गलातिया र फ्रिगियाका इलाकाहरू भएर सबै चेलाहरूलाई हौसला दिँदै भिन्न-भिन्न स्थानमा गए। अलेक्जेन्ड्रिया-निवासी अपोल्लोस नाउँका एक जना यहूदी एफिससमा आए। तिनी एक जना कुशल वक्ता र धर्मशास्त्रमा पोख्त थिए। तिनले प्रभुका मार्गको शिक्षा पाएका थिए, र आत्मामा उत्साहित भई तिनले येशूका विषयका कुराहरू ठीक-ठीकसँग बोल्ने र सिकाउने गर्थे। यद्यपि तिनले यूहन्नाको बप्तिस्मा मात्र जानेका थिए। तिनी सभाघरमा साहसपूर्वक बोल्न थाले। तर तिनले बोलेका कुरा सुनेर प्रिस्किला र अकिलासले तिनलाई आफ्नो घरमा ल्याए, र परमेश्वरका मार्गको अर्थ झन् प्रष्टसँग बुझाइदिए। तिनले अखैयामा जाने मन गर्दा भाइहरूले तिनलाई त्यहाँ जाने प्रोत्साहन दिए, र तिनलाई ग्रहण गरून् भनी त्यहाँका चेलाहरूलाई उत्साह दिएर पत्र लेखे। तिनले त्यहाँ पुगेर अनुग्रहद्वारा विश्वास गर्नेहरूलाई धेरै सहायता गरे। किनकि तिनले धर्मशास्त्रका वचनद्वारा येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा देखाईकन यहूदीहरूलाई सबैका सामुन्ने बिलकुल निरुत्तर तुल्याए।
प्रेरित 18 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 18
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 18:18-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू