“परमेश्वर, जसले संसार र त्यसमा भएका यावत् थोक बनाउनुभयो, उहाँ स्वर्ग र पृथ्वीका प्रभु भएका हुनाले हातले बनाएको मन्दिरमा वास गर्नुहुन्न, उहाँलाई कुनै थोकको खाँचो परेजस्तो गरी मान्छेको हातबाट उहाँको सेवा हुनुपर्छ भनी नसोच्नुहोस्। किनभने उहाँले नै सबैलाई जीवन, सास र सबै चीज दिनुहुन्छ। उहाँले एक जनाबाट समस्त पृथ्वीमा वास गर्न मानिसको प्रत्येक जाति बनाउनुभयो। तिनीहरूका निवासका अवधि र सीमा पनि तोकिदिनुभयो, तिनीहरूले परमेश्वरलाई खोजून्, शायद तिनीहरूले छामछुम गरेर उहाँलाई भेट्टाउलान् कि भन्ने आशामा यसो गरियो। तर पनि उहाँ हामी हरेकबाट टाढ़ा हुनुहुन्न। किनभने “हामी उहाँमा जिउँछौं, र उहाँमा चहलपहल गर्छौं र उहाँमा हाम्रो अस्तित्व छ।” तपाईंहरूका आफ्नै कविहरूले पनि भनेका छन्, ‘हामी निश्चय उहाँकै सन्तान हौं।’
प्रेरित 17 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 17
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 17:24-28
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू