प्रेरित 17:23-25

प्रेरित 17:23-25 NNRV

किनकि घुमफिर गर्दैजाँदा तपाईंहरूले पुज्‍ने वस्‍तुहरू मैले देखे। मैले एउटा यस्‍तो वेदी पनि भेट्टाएँ जसमा “अज्ञात देवताको निम्‍ति” भन्‍ने खोपिएको रहेछ। यसैले जसलाई तपाईंहरू नजानिकन पुज्‍नुहुन्‍छ उनलाई म तपाईंहरूका माझमा घोषणा गर्दछु। “परमेश्‍वर, जसले संसार र त्‍यसमा भएका यावत्‌ थोक बनाउनुभयो, उहाँ स्‍वर्ग र पृथ्‍वीका प्रभु भएका हुनाले हातले बनाएको मन्‍दिरमा वास गर्नुहुन्‍न, उहाँलाई कुनै थोकको खाँचो परेजस्‍तो गरी मान्‍छेको हातबाट उहाँको सेवा हुनुपर्छ भनी नसोच्‍नुहोस्‌। किनभने उहाँले नै सबैलाई जीवन, सास र सबै चीज दिनुहुन्‍छ।

प्रेरित 17:23-25 को लागि भिडियो