अब कोही मानिसहरूले यहूदियाबाट एन्टिओखियामा आएर भाइहरूलाई यस्तो शिक्षा दिन लागे, “तिमीहरू मोशाको रीतिअनुसार खतना भएनौ भने त तिमीहरूको उद्धार हुन सक्नेछैन।” तब पावल र बारनाबासको तिनीहरूसँग धेरै मतभेद र वाद-विवाद भएपछि, त्यहाँका भाइहरूले पावल र बारनाबास र अरू कति जनालाई यस प्रश्नको फैसलाको निम्ति प्रेरितहरू र एल्डरहरूकहाँ यरूशलेम जानलाई नियुक्त गरे।
प्रेरित 15 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 15
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 15:1-2
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू