प्रेरित 14:23-28

प्रेरित 14:23-28 NNRV

जब तिनीहरूले उनीहरूको हरेक मण्‍डलीमा एल्‍डरहरू नियुक्त गरे, तब प्रार्थना र उपवाससहित उनीहरू आफूले विश्‍वास गरेका प्रभुको जिम्‍मामा उनीहरूलाई सुम्‍पिदिए। त्‍यसपछि तिनीहरू पिसिदियाबाट भएर पामफिलियामा आए। पर्गामा वचन प्रचार गरेर तिनीहरू अटालियामा झरे। अनि त्‍यहाँबाट तिनीहरू समुद्रयात्रा गरी एन्‍टिओखियामा गए, जहाँ तिनीहरूले पूरा गरेका कामको निम्‍ति परमेश्‍वरको अनुग्रहमा तिनीहरूलाई अर्पण गरिएको थियो। जब तिनीहरू एन्‍टिओखियामा आइपुगे, तब मण्‍डलीलाई भेला गराए, अनि परमेश्‍वरले तिनीहरूका साथमा गर्नुभएका सबै कामको बयान गरे, र कसरी उहाँले अन्‍यजातिहरूका निम्‍ति विश्‍वासको ढोका खोलिदिनुभयो सो सुनाए। तिनीहरू त्‍यहाँ चेलाहरूसँग निकै दिन बसे।

प्रेरित 14:23-28 को लागि भिडियो