उहाँले तिनलाई हटाउनुभएपछि दाऊदलाई तिनीहरूका राजा हुन खड़ा गर्नुभयो। उनको विषयमा परमेश्वरले गवाही दिएर भन्नुभयो, ‘मैले यिशैको छोरो दाऊदलाई मेरो हृदयअनुसारको मान्छे पाएँ, जसले मेरा सबै इच्छा पूरा गर्नेछ।’ “यही मानिसको भावी सन्तानबाट, उहाँको प्रतिज्ञाबमोजिम, परमेश्वरले इस्राएलको लागि एक मुक्तिदाता, येशूलाई ल्याउनुभयो। उहाँ आउनभन्दा अघि यूहन्नाले इस्राएलका सबै मानिसलाई पश्चात्तापका बप्तिस्माको प्रचार गरेका थिए। यूहन्नाले आफ्नो कार्य समाप्त गर्न लाग्दा भनेका थिए, ‘तिमीहरू के ठान्छौ, म को हुँ? म ऊ होइनँ। तर मपछि एक जना आउनुहुनेछ, जसका खुट्टाका जुत्तासम्म पनि फुकाल्ने लायकको म छैनँ।’
प्रेरित 13 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 13:22-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू