तब पत्रुसले बोल्न थाले, “साँच्ची नै म देख्तछु, कि परमेश्वरले पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहासँग डराउँछ, र उचित काम गर्छ, त्यो उहाँको सामुन्ने ग्रहणयोग्य हुन्छ। परमेश्वरले इस्राएलीहरूलाई पठाउनुभएको सन्देश, अर्थात् ख्रीष्टद्वारा प्रचार गरिएको शान्तिको सुसमाचार तपाईंहरूलाई थाहा छ। (उहाँ नै सबैका प्रभु हुनुहुन्छ।) यूहन्नाले प्रचार गरेको बप्तिस्मापछि, गालीलदेखि सुरु गरेर सारा यहूदियाभरि प्रचार गरिएको वचन यही हो, कि परमेश्वरले नासरतका येशूलाई पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो। उहाँ सुकर्म गर्दै र दियाबलसबाट पेलिएकाहरूलाई निको पार्दै हिँड्नुभयो, किनकि परमेश्वर उहाँको साथमा हुनुहुन्थ्यो।
प्रेरित 10 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 10:34-38
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू