आफ्नो दुःख-भोगपछि धेरै अकाट्य प्रमाणद्वारा तिनीहरूका सम्मुख उहाँले आफैलाई जीवित प्रस्तुत गर्नुभयो। चालीस दिनसम्म उहाँ तिनीहरूकहाँ देखा पर्नुभयो अनि परमेश्वरका राज्यको विषयमा तिनीहरूलाई बताउनुभयो। तिनीहरूसँग भोजनमा बस्नुहुँदा उहाँले तिनीहरूलाई यस्तो आदेश दिनुभयो, “तिमीहरू यरूशलेमबाट कतै नजाओ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर। यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ।” किनभने यूहन्नाले त पानीले बप्तिस्मा दिए, तर अबका थोरै दिनमा पवित्र आत्मामा तिमीहरूको बप्तिस्मा हुनेछ।” यसकारण जब प्रेरितहरू भेला भए, तब तिनीहरूले उहाँलाई सोधे, “हे प्रभु, के तपाईंले इस्राएल राज्यको पुनर्स्थापन गरिदिनुहुनेछ?” उहाँले तिनीहरूलाई भन्नुभयो, “पिताले आफ्नो अधिकारद्वारा तोक्नुभएको बेला वा समय जान्ने तिमीहरूको काम होइन। तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ।” उहाँले यो कुरा भन्नुभएपछि, तिनीहरूले हेर्दाहेर्दै उहाँ उँभो उचालिनुभयो, र बादलमा उहाँ तिनीहरूका दृष्टिबाट लोप हुनुभयो।
प्रेरित 1 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 1:3-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू