प्रेरित 1:15-20

प्रेरित 1:15-20 NNRV

ती दिनमा भाइहरूका बीचमा पत्रुस खड़ा भए (यी मानिसहरूको संख्‍या प्राय: एक सय बीस थियो), र भने, “भाइ हो, धर्मशास्‍त्रको वचन पूरा हुनुपर्दथियो, जुन वचन येशूलाई पक्रनेहरूको अगुवा यहूदाको विषयमा दाऊदको मुखबाट अघिबाटै पवित्र आत्‍माले बोल्‍नुभएको थियो। किनकि त्‍यसको गणना हामीसँगै भएको थियो। र यही सेवामा त्‍यसले हिस्‍सा पाएको थियो।” त्‍यस मानिसले अधर्मको कमाइबाट एउटा जग्‍गा किन्‍यो, र उँधोमुन्‍टो भई खस्‍यो र त्‍यसको भुँड़ी फुट्यो, र त्‍यसका सबै आन्‍द्रा-भुँड़ी निस्‍के। यो कुरा यरूशलेमका बासिन्‍दाहरू सबैलाई थाहा भयो। त्‍यो जग्‍गाको नाउँ तिनीहरूको आफ्‍नो भाषामा आखेल्‍दामा राखियो, अर्थात्‌ रगतको खेत। पत्रुसले भने, “किनकि भजनको पुस्‍तकमा यसो लेखिएको छ, ‘त्‍यसको वासस्‍थान उजाड होस्, र त्‍यहाँ वास गर्ने कोही नहोस्, र त्‍यसको कार्य पदाधिकार अर्कोले लिओस्‌।’

प्रेरित 1:15-20 को लागि भिडियो