३ यूहन्‍ना 1:6-8

३ यूहन्‍ना 1:6-8 NNRV

तिनीहरूले मण्‍डलीको सामुन्‍ने तिम्रो प्रेमको गवाही दिएका छन्‌। परमेश्‍वरको दृष्‍टिमा मनपर्दो गरी तिनीहरूका यात्रामा जाने प्रबन्‍ध मिलाइदियौ भने तिमीले असल गर्दछौ। किनभने अविश्‍वासीहरूबाट केही नलिई तिनीहरू उहाँका नाउँको खातिर यात्रामा निस्‍केका हुन्‌। यसकारण यस्‍ता मानिसहरूलाई सेवा-सत्‍कार गर्नुपर्छ, ताकि हामीहरू सत्‍यतामा सहकर्मी बन्‍न सकौं।