२ तिमोथी 4:9-18

२ तिमोथी 4:9-18 NNRV

मकहाँ चाँड़ै आउनलाई भरमग्‍दूर कोसिस गर। किनकि डेमासले यस वर्तमान संसारलाई प्रेम गरी मलाई त्‍यागेर ऊ थेसलोनिकेमा गएको छ। क्रेसेन्‍स गलातियामा गएका छन्, तीतसचाहिँ दलमातियामा। लूका मात्र मसँग छन्‌। मर्कूसलाई खोजेर तिमी साथै ल्‍याऊ, किनकि तिनी मेरा सेवा गर्नमा खूबै उपयोगी छन्‌। तर तुखिकसलाई मैले एफिससमा पठाएको छु। त्रोआसमा कार्पसकहाँ मैले छोड़ेका खास्‍टो र पुस्‍तकहरू, विशेष गरी चर्मपत्रहरू तिमी आउँदा तिम्रो साथ लिएर आऊ। तमौटे अलेक्‍जेन्‍डरले मलाई ज्‍यादै खराबी गर्‍यो। प्रभुले त्‍यसलाई त्‍यसका कामअनुसार बदला दिनुहुनेछ। त्‍यसदेखि तिमी पनि होशियार बस, किनकि त्‍यसले हाम्रो प्रचारको घोर विरोध गर्‍यो। मेरो पहिलो प्रतिवादमा कसैले मेरो पक्ष लिएन, तर सबैले मलाई त्‍यागे। यस कुराको दोष तिनीहरूलाई नलागोस्! तर सबै अन्‍यजातिहरूले सुन्‍न सकून्‌ भनेर प्रभु मेरो साथमा खड़ा हुनुभयो, र सम्‍पूर्ण रूपले वचनको घोषणा गर्न मलाई शक्ति दिनुभयो। अनि मैले सिंहको मुखबाट छुटकारा पाएँ। प्रभुले मलाई सबै खराबीबाट जोगाउनुहुनेछ, र उहाँको स्‍वर्गीय राज्‍यको निम्‍ति मलाई उद्धार गर्नुहुनेछ। उहाँलाई सदासर्वदा महिमा होस्‌। आमेन।