ठूलो घरमा सुन र चाँदीका भाँड़ाहरू मात्र हुँदैनन्, तर काठ र माटोका पनि हुन्छन्, कुनै आदर र कुनै अनादरका निम्ति। जे कुरो अनादरको छ, यदि कसैले त्यसबाट आफूलाई शुद्ध पार्यो भने त्यो आदरका कामको लागि एउटा पात्र बन्नेछ, र घरका मालिकको निम्ति चोखो, उपयोगी, र कुनै पनि असल कामको निम्ति तयार रहनेछ। यसकारण जवानीका अभिलाषाहरू त्याग, र शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूका साथसाथै धार्मिकता, विश्वास, प्रेम र शान्तिको लक्ष्य राख। तर मूर्ख र बेसमझका सवाल जवाफलाई इन्कार गर— तिमी जान्दछौ यिनीहरूबाट झगड़ा हुन्छ। प्रभुको सेवक झगड़ालु हुनुहुँदैन, तर हरेकको लागि दयालु, योग्य शिक्षक, सहनशील, र नम्रतासाथ आफ्ना विरोधीहरूलाई सुधार्ने हुनुपर्दछ, र शायद परमेश्वरले तिनीहरूलाई पश्चात्ताप गर्ने, सत्यतालाई बुझ्ने मन दिनुहुनेछ, र तिनीहरू चेतना पाएर दियाबलसको पासोबाट उम्कनेछन्, जसले तिनीहरूलाई त्यसको इच्छाअनुसार चल्नलाई कैदी बनाएको छ।
२ तिमोथी 2 पढ्नुहोस्
सुन्नुहोस् २ तिमोथी 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ तिमोथी 2:20-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू